इलाका प्रहरी कार्यलय सुखडबाट कठायतको नेतृत्वमा खटिएको प्रहरी टोलिले गर्यो अलपत्र परेका वृद्धाको उद्धार

काठमाडौं। इलाका प्रहरी कार्यलय सुखड कैलालीबाट प्रहरी सहायक निरीक्षक दमन सिंह कठायतको नेतृत्वमा खटिएको प्रहरी टोलिले अलपत्र परेको अवस्थामा एक वृद्धाको उद्धार गरिएको छ।

 

 

 

सो वृद्धालाइ प्रहरी र्कायलय ल्याइ उनको पहिचान गर्दा कुनै पहिचान नखुलेकोले उनलाइ अहिले इलाका प्रहरी र्कायलयका प्रहरी नायव उपरीक्षक (डएिसपी) सागर बोहोराको पहलमा साहाराघर पु-याएको थियाे।

 

 

 

त्यस्तै उद्धारमा खटिने प्रहरी टोलीमा प्रहरी सहायक निरीक्षक दमन सिहं कठायत,प्रहरी हवल्दार किशोर पन्त, प्रहरी जवान रशमी खड्कालगायतको टोलीले वृद्धाको उद्धार गरी इलाका प्रहरी र्कायलय पु-याएको थियो ।

 त्यस्तै सहाराघरका सञ्चालक बलबहादुर विष्टले २०७२ सालमा सहारा घरको स्थापना गरेर उनी बेसहाराको सहारा बनिरहेका छन्।घर नहुनेको ओत,सडकमा जीवन बिताइरहेकाहरूलाई गाँस जुटाउन विष्ट लागि परेका छन्। 

 

 

 

 सहाराविहीन ती व्यक्तिको स्याहारसुसार गरेर उनको यस्तो सयाेगी भावना गाउँमा फैलिँदै गयो घरमा एकदुई हुँदै बेसहाराहरू थपिँदै गएपछि व्यवस्थापनका लागि बिष्टलाइ कठिन हुन थाल्यकाे उनले बताए।

 

 

 त्यसपछि विष्टले बेसहाराका लागि घर बनाए सबैलाई त्यहाँ राखेर उनीहरूको अहिले अभिभावक बनेर जिम्मेवारी निर्वाह गरि रहेका छन्।   

 

 

 

सहाराघरले १ सय ६८ जनालाई परिवारसँग पुनर्मिलन गराइसकेको र अहिले ‘हामीसँग सडक बालक छन्, बेसहारा सबै खाले नागरिक,अपांग नागरिक रहेकाे उनले बताएका छन्।

 

 

पहिले घरमा राखेर सेवा  गरिरहेकाे र पछि घरमा राखेर सेवा गर्ने अवस्था रहेन त्यसपछि सहारा घर स्थापना गरेको बिष्टले बताएका छन्। 

 

 

अहिले उनको सहाराघरमा १ सय १० जना बेसहाराले साहारा लिरहेका छन्।  बिष्टले भने परिवारको पहिचान भएपछि घरै पठाइ दिने गरेका छाै। उनले भने ‘हामीसँग सडक बालक,बेसहारा सबै खाले नागरिक र अपांग नागरिक रहेकाे बिष्टले बताएका छन्।  

 

 

  विभिन्न दाताहरूको सहयोगले सहाराघरमा रहेका सबै नागरिकहरू बाँच्ने आधार भएकाे उनले बताएका छन्।   

 

 

  यो अभियानलाई कुनै सरकारी निकायले अहिलेसम्म सहयोग नगरेको बिष्टकाे गुनासाे रहेकाे छ। बेसाहाराकाे साहारा बनेका बिष्टलाइ राज्यका निकायले सहयाेग गर्नु पर्ने जरूरी देखिन्छ।  छिटै साहाराघरकाे साहारा बन्न राज्यका निकायका आँखा जाहाेस् हाम्राे पनि कामना छ।