मन्त्रिपरिषद्ले पूर्णता पाएपछि पहिलो बैठक बस्दै

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्णता पाउने गरी मन्त्रिपरिषद् विस्तार गरेसँगै पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ । १६ जना मन्त्रीहरु थपिएपछि मन्त्रिपरिषद्को बैठक बसेको हो।

 

 

 

नवनियुक्त मन्त्रीहरुले शुक्रबार अपराह्न शपथ लिएपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको हो। प्रधानमन्त्री देउवाले सरकार गठनको झण्डै ३ महिनापछि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।

 

 

 

सत्तारुढ गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट शुक्रबार १६ जना मन्त्री र २ जना राज्यमन्त्री थपिएका हुन्।