दशैं सकिए पनि सुनचाँदीको मूल्य निरन्तर वृद्धि,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।नेपाली बजारमा दशैं सकिँदा पनि सुनको मूल्य निरन्तर वृद्धि हुन थालेको छ । बिहीबार सुन तोलामा तीन सय रुपैयाँले वृद्धि भएको छ ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

 

बुधबार महासंघले छापावाल सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम गरेको थियो । आज तेजाबी सुन प्रतितोला ९१ हजार दुई सय रुपैयाँ तोकिएको छ ।

 

 

अघिल्लो दिन सुन तोलामा एक सय रुपैयाँले वृद्धि भएर प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम भएको थियो ।

 

 

 

बिहीबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार दुई सय ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।