नेपालमा थप ५४९ जना कोरोना संक्रमण पुष्टि,थप ६ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप ५४९ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७४६ जनाको कोभिड परीक्षण गरिएको थियो । जसमा पीसीआरबाट ४९० र एन्टिजेन परीक्षणबाट ५९ जनामा कोरोना पुष्टि भएको हो ।

 

 

मन्त्रालयका अनुसार आज थप ६ जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ३८८ संक्रमितको मृत्यु भइसकेको छ ।

 

 

यस्तै थप ५६९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ७ लाख ९० हजार ३५८ जना संक्रमणमुक्त भइसकेका छन् ।

 

 

देशभर सक्रिय संक्रमित १० हजार १५१ जना छन् । आईसीयूमा २४२ र भेन्टीलेटरमा ७८ जना उपचाररत छन् । होम आइसोलेशनमा ९३७९, संस्थागत आईसोलेशनमा ७७२ र क्वारेन्टीनमा र २१२ जना छन् ।