एमसीसी विरुद्ध अखिल (क्रान्तिकारी)ले सचेतना अभियान कार्यक्रम विश्व निकेतनमा सम्पन्न

काठमाडौं। क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले आज विश्व निकेतन, त्रिपुरेश्वर काठमाडौंमा एमसीसी सम्झौता विरुद्ध सचेतना अभियान सम्पन्न गरेको छ।

 

उक्त कार्यक्रम अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे थियाे।   

 

कार्यक्रममा एमसीसी सम्झौता खारेजीको लागि विधार्थीहरु कसिएर लागनु पर्ने कथित सम्झौतालाई कुन‌ै पनि हालतमा खारेज गर्नु पर्ने अध्यक्ष गजुरेल बताउनु भयो।

 

 

त्यस्तै अखिल (क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्ष एवं ३ नं. परदेश संयोजक शीलु न्यौपानेले राष्ट्रघाती एमसीसी सम्झौतालाई लागू भए देश रणमैदान बन्ने, नेपालको बहुमुल्य खनिजपदार्थको दोहान गर्ने र नेपालीहरुलाई सम्वृदिको सपना देखाउदै शरणार्थीमा परिणत गर्ने सम्राज्यवादहरु रणनीति तोड्न नेपालका विधार्थी शक्ति जुर्मुराउनु पर्ने र सडकको नेतृत्व गर्ने बताउनु भयो ।

 

 

साे कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का ईलाका सेक्रेटरी मंगल तामाङको समेत उपस्थिति रहेको थियो भने, उक्त कार्यक्रमलाई अखिल(क्रान्तिकारी) का परदेश सदस्य तथा काठमाडौं जिल्ला सह संयाेजक मीन गिरीले संचालन गर्नु भएको जानकारी अखिल (क्रान्तिकारी) को केन्द्रीय उपाध्यक्ष एव ३ नम्वर परदेश संयोजक शीलु न्यौपानेले बताउनु भयो ।