राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध पाटन संयुक्त क्याम्पस ललितपुरमा अखिल (क्रान्तिकारी)को सचेतना अभियान सम्पन्न

काठमाडौं।क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी) ले राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध पाटन संयुक्त क्याम्पस,पाटनढोका ललितपुरमा सचेतना अभियान सम्पन्न गरेको छ ।

 

 

 त्यस्तै अखिल (क्रान्तिकारी)ले देवेन्द्र धामीको अध्यक्षतामा पाटन संयुक्त क्याम्पसमा २५ सदस्य ईकाइ कमिटि गठन तथा संगठन विस्तार कार्यक्रमा गरेको छ।

 

 

उक्त कार्यक्रमकाे अखिल(क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले विधार्थीहरु भबिस्यका कर्णधार भएको हुनाले राष्ट्रिय स्वाधिनताको रक्षा गर्न राष्ट्रघाती एमसीसी सम्झौता कुनै पनि हालतमा खारेज हुनु पर्ने बताउनु भयाे।

 

 

 

उहाँले भन्नु भयाे, एमसीसी कुनै हालतमा पास गर्न दिनुहुन त्यसकाे लागि हामी सबै मिलेर सडकमा आन्दाेलन गर्न तयार रहनु पर्ने बताउनु भयाे।

 

 

त्यस्तै अखिल(क्रान्तिकारी) सडक बाधको रुपमा स्थापित गराउन नवगठित सदस्यहरुलाई जिम्मेवार भएर लाग्न अध्यक्ष गजुरेलले प्रशिक्षित समेत गर्नु भएकाे थियाे।

 

 साे कार्यक्रममा अखिल(क्रान्तिकारी) की केन्द्रीय उपाध्यक्ष एवं ३ नम्वर परदेश संयोजक शीलु न्यौपानेले अब अखिल(क्रान्तीकारी)ले शसक्त रुपमा राष्ट्रघाती एमसीसी कार्यक्रमको विरोधमा ईतिहासले दिएको जिम्मेवार युवा र विद्यार्थीहरूको काधमा आएको हुँदा राष्ट्रिय स्वाधिनताको रक्षाका लागि उठने,जाग्ने बेला विधार्थीहरु अब देशद्रोहि विरुद्ध लाग्नु पर्ने बताउनु भयो।

 

 

उक्त कार्यक्रममा अखिल(क्रान्तिकारी) का प्रदेश सदस्य अर्पणा श्रेष्ठको समेत उपस्थित रहेको थियो।