परीक्षा सञ्चालनको माग गर्दै भन्सार विभागमा आन्दोलन

काठमाडौं । लामो समयदेखि रोकिएको परीक्षा सञ्चालनको माग गर्दै भन्सार एजेन्ट परीक्षाको प्रतीक्षामा रहेका परीक्षाथीहरूले भन्सार विभागमा आन्दोलन गरेका छन् ।

 

 

 

उनीहरूले तत्काल रोकिएको परीक्षा सञ्चालनको माग गर्दै भन्सार विभागको महानिर्देशक नारायणप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएर दिनभर धर्नासहितको आन्दोलन गरेका हुन्।

 

 

 

भन्सार विभागले झन्डै दुई दशकपछि २०७७ सालको १६ चैतमा ६६० जना भन्सार एजेन्ट नियुक्ति गर्नका लागि तथा थप नयाँ एजेन्टको लाइसेन्स वितरणका लागि गत वैशाखमा नै परीक्षा हुनेगरी विज्ञापन आवहान गरेको थियो ।

 

 

 

तर, सो समय कोरोना महामारीको बहाना बनाएर रोकिएको नयाँ भन्सार एजेन्ट नियुक्तिका लागि लिइने परीक्षा अहिलेसम्म सञ्चालन नगरेको भन्दै परीक्षाको तयारीमा बसेका आन्दोलनरत परीक्षार्थीले भन्सार विभागको कार्यालयमा धर्ना दिएर छिटो परीक्षा सञ्चालन गर्न माग गरेका हुन् ।