सुख्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिङ सडकखण्ड खुल्यो

फाइल तस्वीर-

काठमाडौं।  नारायणगढ–मुग्लिङ सडकखण्ड सुख्खा पहिरोले अवरुद्ध भएको झण्डै १० घण्टापछि खुलेको छ । पहिरो पन्छाएपछि आज बिहान ११ बजेदेखि दुई तर्फी बाटो खुलेको हो ।

 

 

 

इच्छाकामना गाउँपालिका–६ मा पर्ने कालीखोला टोपो खोला नजिक पहिरो खसेर आज बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको थियो ।

 

 

लामो समयसम्म गाडी जाम भएकाले अहिले सो सडकखण्डमा सवारी साधनको चाप बढी छ । ट्राफिक प्रहरीले हतार नगरी यात्रा गर्न सबैलाई अनुरोध गरेका छन् ।