‘तिम्रो माया’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । भारतको असाममा रहेर नेपाली गीत संगीतलाई हृदयदेखि नै माया गर्ने एक संगीतप्रेमी हुन् रोशन पुरी । नेपाली गीत संगीतको अटुट मायाले नै रोशनलाई नेपाल तानेको छ । असामदेखि नेपाल आएर रोशनले ‘तिम्रो माया’ बोलको गीत रेकर्ड गरे ।

 

 

उनको बाल्यकालदेखिको एउटा सपना थियो काठमाडौँ आएर भव्य तरिकाले गीतको सुटिगं गर्ने र त्यसमा आफै हिरो बन्ने । उनको त्यो सपना अहिले आएर पूरा भएको छ ।

 

 

रोशनले १ महिनाको काठमाडौँ बसाईमा गीत रेकर्डिङदेखि सुटिङसम्मको सारा काम सकेर अहिले भारत नै फर्किएका छन् । रोशन म्युजिक नामक युट्युब च्यानलबाट उनले ‘तिम्रो माया’ गीतको भिडियो रिलिज गरेका छन् ।

 

 

 

सार्वजनिक गीतमा गायक पुरीकै स्वर, शब्द र संगीत रहेको छ भने गीतमा लोकप्रिय लोकपप गायक सुनिल गिरीको एरेन्ज रहेको छ । तिम्रो मायामा गायक पुरीले अर्की सुन्दरी मोडल बिना राउतसँग अनस्क्रिन रोमान्स गरेका छन् ।

 

 

 

काठमाडौँका विभिन्न रमणीय स्थानहरुमा छायाङ्कन गरिएको भिडियोमा प्रेम वियोगमा डुबेको एक जोडीको कथालाई निर्देशक दिप्रेन्द्र तिमल्सिनाले कलात्मक शैलीमा देखाएका छन् ।

 

 

 

भिडियोमा धोका पाएका एक प्रेमी र धोका दिने मायालुको जाली रुपलाई देख्न सकिन्छ । मनोज कार्कीको सम्पादन र कलरिङ रहेको भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् । भिडियोको निर्माण मल्लिका पुरीले गरेकी हुन् ।