क्रान्तिकारी मओवादी सम्वद्ध अखिल (क्रान्तिकारी) सहित ८ विद्यार्थी संगठनले गरे काठमाडौं मेडिकल कलेजमा तालाबन्दी

काठमाडौँ। नेकपा (क्रान्तिकारी मओवादी) सम्वद्ध अखिल (क्रान्तिकारी)सहितका ८ विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेजमा तालाबन्दी गरेका छन्।

 

 

 

त्यस्तै सरकारले शिक्षा र स्वास्थ्य माफिया सुनिल शर्मालाइ तत्काल पक्राउ गरि कारबाही गर्न अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले माग गरेका छन्। र कलेज संचालक शर्मालाई गिरफ्तार गिरी ठगी विरुद्ध कारबाही चलाएर कलेजमा पठनपाठनको वातावरण बनाउन समेत गजुरेलले माग गरे।

 

 

विद्यार्थीबाट अतिरिक्त शुल्क असुल्दै आएको काठमाडौं मेडिकल कलेजमा विद्यार्थी संगठनहरूले आइतबार तालाबन्दी गरेका हुन् ।

 

 

मोहन वैद्य निकट अखिल(क्रान्तिकारी),नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी विप्लव , अखिल छैठौं र अखिल नेपाल विद्यार्थी युनियन (नेकपा) ले संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।

 

 

 

काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेज विराटनगरका विद्यार्थी मंसिर १९ गतेदेखि अतिरक्त शुल्कको विरोधमा आन्दोलनमा छन् ।

 

उनीहरूको आन्दोलनमा यी विद्यार्थी संगठन सहित एमाले निकट अनेरास्ववियुले पनि ऐक्यवद्धता जनाउँदै आएको छ ।

 

 

विद्यार्थी संगठनले तोकेभन्दा बढी शुल्क नलिन प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षामन्त्री देवेन्द्र पौडेल, गृहमन्त्री बालकृष्ण खाँणको ध्यानार्कषण गराइसकेका छन् । यद्यपि कलेज संचालक सुनिल शर्माले अतिरिक्त शुल्क लिने अडान छाडेका छैनन् ।

 

 

विराटनगरमा पनि अतिरिक्त शुल्कको विरोधमा दैनिक आन्दोलन हुँदै आएको छ । आन्दोलनलाई थप सशक्त बनाउन नोबेलका केही विद्यार्थी काठमाडौंसमेत आएर धर्ना र प्रर्दशन गरेका छन् ।

 

 

पीडित विद्यार्थीले चिकित्सा शिक्षा आयोगमा समेत धर्ना दिएका छन् । कलेज संचालक शर्मालाई गिरफ्तार गिरी ठगी विरुद्ध कारबाही चलाएर कलेजमा पठनपाठनको वातावरण बनाउनुपर्ने विद्यार्थीको माग छ ।

 

 

मोहन वैद्य निकट अखिल(क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल,नेविसघंका महामन्त्री बलदेव तिमल्सिना, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, प्रकाश शाहीको उपस्थितिमा ताला लगाइएको युनियनका अध्यक्ष गजुरेलले जानकारी दिए ।