कैलालीमा गोली लागेर प्रहरी जवान घाइते

धनगढी।कैलालीमा गोली लागेर एक प्रहरी जवान घाइते भएका छन । टीकापुरमा रहेको बैदीस्थित कालाकुण्डा प्रहरी चौकीमा कार्यरत झंकर बोहरा गोली लागेर घाइते भएका हुन ।

 

 

डिउटीमै रहेका बेला आफैले बोकेको बन्दुकको गोली लागेर बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 

 

 

कैलालीका डिएसपी वेदप्रकाश जोशी शनिबार राति मुल गेटको डिउटीमा रहेका बेला बोहराले आफैले आफैमाथि बन्दुक ताक्दा बन्दुक पड्केको बताए । उनले आत्महत्या गर्न खोजेको हुन सक्ने प्रहरीको अनुमान छ ।

 

 

घाइते बोहराको चिउडोमा गोली लागेको छ । अहिले उनको नेपाल प्रहरीे अस्पताल काठमाडौंमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बोहरा टीकापुर नगरपालिका – २ निवासी हुन ।