एमसीसी कारण माओवादी केन्द्रमा पहिरो महोत्तरीमा ५ नेताले गरे पार्टी परित्याग गरेको घोषणा (विज्ञप्तिसहित)

फाइल तस्वीर

काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसी पारित गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै महोत्तरीमा नेकपा माओवादी केन्द्रका पाँच नेताले पार्टी छाडेको घोषणा गरेका छन् ।

 

 

 

 

माओवादी केन्द्रको मधेश प्रदेश कमिटी सदस्य तुलसीप्रसाद ढुंगाना, रामबहादुर राणा र राजनप्रसाद ढुंगाना, बर्दिबास नगरपालिका-३ का वडाध्यक्ष नरबहादुर खनाल र अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्यसहित उनीहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी छाडेको घोषणा गरेका हुन।

 

 

 

‘एमसीसी देश र जनताको हितमा नभएपनि पार्टी नेतृत्वले त्यसलाई पारित गराउन नेतृत्वदायी भूमिका खेल्यो त्यसैले अब यस्तो पार्टीमा बस्दैनौं संयोजक ढुंगानाले भने।

 

 

अरु केही नेता कार्यकर्ताले पनि पार्टी परित्याग गरेको र उनीहरु पछि सार्वजनिक हुने बताए ।