फ्रान्समा कोरोना विरुद्धको चौथो खोप लगाइने

पेरिस । फ्रान्समा कोरोना भाइरस विरुद्धको चौथो खोप लगाइने भएको छ । सरकारी अधिकारीहरुले सोमबारदेखि जेष्ठ नागरिकलाई खोप लगाउने तालिका बनाइएको जानकारी दिएका छन् ।

 

 

 

पहिलो चरणमा ८० बर्षभन्दा बढी उमेरका नागरिकलाई खोप लगाउने व्यवस्था गरिएको सरकारी अधिकारीहरुको भनाई छ ।

 

 

 

 

खोपको चौथो मात्रा लगाउनका लागि तेस्रो खोप अर्थात बुस्टर डोज खोप भने लगाइसकेको हुनु पर्ने सर्त राखिएको छ ।

 

 

शनिबार प्रकाशित एउटा अन्तर्वार्तामा प्रधानमन्त्री जेन कास्टेक्सले बृद्धबृद्धाहरुबाट चौथो खोप लगाउने अभियान सुरु हुने जानकारी दिएको हो ।

 

 

 

प्राथमिकता र आवश्यकताका आधारमा खोप लगाउने बर्ग तथा क्षेत्र विस्तार गरिदै लगिने उहाँको भनाई थियो । फ्रान्समा ८० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुको सङ्ख्या ४१ लाख रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

 

 

ती मध्ये ४१ लाखले मात्रै बुस्टर डोज खोप लगाएको देखिएको छ ।

 

 

 

 

फ्रान्समा अहिले पनि दैनिक ७० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 

 

मन्त्रालयका अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार थप ७२ हजार ४४३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।