‘पीर’लाई कलाको दुष्टिकोणले हेर्न सपुतको आग्रह, उनले लेखे यस्तो प्रस्टीकरण

काठमाडौं । समाजिक सञ्जालमा अहिले निकै चर्चाको बिषय बनेको नयाँ गीत ‘पीर’लाई लिएर विवाद सिर्जना भएपछि गायक प्रकाश सपुतले प्रष्टीकरण दिएका छन्।

 

 

गीतले अहिले पनि जतिसुकै निराश भए, जति पिर परे पनि भूइँतहका माओवादी ‘वीर’हरू आज पनि आपसी सम्बन्धलाई कति पवित्र सम्झन्छन् भन्ने नै देखाएको छ ।

 

 

 

गीतको पक्षविपक्षमा सामाजिक सञ्जालमा चर्को बहस चलिरहेका बेला गायक सपुतले देखेका र संगत गरेका चरित्रलाई नै ‘पीर’मा उतारेको बताएका छन् ।

 

 

 

गीतको मुख्य पात्रका रूपमा गायक सपुत र सुरक्षा पन्त छन् । कलाकार पन्तको अभिनयलाई पनि धेरैले मुक्तकण्ठले सराहना गरेका छन् ।

 

 

 

त्यस्तै अर्की चर्चामा रहेकी कलाकार हुन् केशु पुन मगर ‘केशरी’ जसले एक पूर्वछापामारको भूमिका खेलेकी छन्, उनी गुजाराका लागि देहव्यापारमा लागेको पात्रका रूपमा भिडियोमा देखिन्छिन् ।

 

 

 

पिर गीतमा निराशा छ, पीडा छ, चित्कार छ । गीतको भिडियोमा प्रस्तुत गरिएका पात्र वास्तविक नै रहेको र आफूले देखेको, संगत गरेका चरित्रलाई गीतमा उतारेको सामाजिक सञ्जाल मार्फत जनाएका छन् ।

 

 

 

 

सपुतले फेसबुक मार्फत लेखेका छन् , ‘पिर’ प्रतिको शुभेच्छाका लागि तपाईंहरु सबैलाई धेरै(धेरै धन्यबाद १ सवैको अपेक्षा अनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ।

 

 

 

सधैं कसैको मन नबिझाइ सवैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ। त्यसैले मेरो नयाँ गीत ‘पिरुका कारण केही दर्शकस्रोतालाई मर्का परेको मैले महशुस गरेको छ।

यस्तो छ,स्टाटस

गीतमा अर्को कथा भन्नु त छँदैछ, त्यसमा अर्कै दृष्टिकोण समेटौला । अहिले अलि धेरै कोट्याएर हेरिएको एउटा दृष्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृष्य हो । प्रतीकात्मक रुपमा राखिएका यस्ता दृष्यहरूले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म फेरि आत्मालोचना गर्छु । यद्यपि मैले भिडियोको सुरुमा यो कुरा लेखेको पनि छु। माफि मागेको छु । अब यस्ता पात्रहरू छन् वा छैनन् भन्नेतर्फ नजाउँ । त्यसो हो भने मुना( मदन छन् कि छैनन्रु सुम्निमा र सोमदत्त खोज्न कहाँ जाने रु सुयोगवीर र सकम्बरी कहाँ होलान रु कहाँ होला घु्म्ने मेच माथि बसेको अन्धो मान्छे रु खैर, भिडियोलाई फेरि एकपटक अक्षरस हेर्ने हो भने व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अर्थ्याइएको छैन। बरु भएभरका परिवर्तनको जस दिइएको छ ।

 

भिडियोमा देखिएका पात्रहरू जस्तैको बलिदानीले पाएको यो नयाँ व्यवस्थामा मैले यति धेरै फाइदा उठाएको छु भने उनीहरूको अवस्थाको गीत किन नगाउने भन्ने हो। अब भिडियो नै हटाउँदा पो युध्द – आन्दोलन – गणतन्त्र – स्वतन्त्रताको अपमान हुने हो किरु म अत्यन्त अन्तरमुखी र शान्त मनुवा हुँ । म सर्जक हुँ, सिर्जना नै मेरो बिचार हो! आवाज हो । विवाद मेरो स्वभाव र ल्याकतको कुरा होइन! मैले कसैसँग पनि यो विषयमा सहयोग- सल्लाह लिएको छैन! त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौं तर यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु १ मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु !

 

 

मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला! कुनै विषय जब विवादित बन्छ, त्यो बनेको बन्यै गर्छ । पक्ष-विपक्षमा एकोहोरो भइन्छ !नेपाली सोसियल मिडियामा यो गलत नजिर स्थापित भएको छ ! विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर पनि गर्छ। गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेरौं, समिक्षा गरौ !तर गीतले उठाउन खोजेको मुख्य विषयहरूलाई एकपटक इमान्दार भएर विचार गरौं। समग्र विषय त सत्य हो भन्दै नेतृत्व पंक्तिले स्विकारिसक्नु भएको छ!त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो। भिडियो हेरिरहँदा जुन-जुन दृष्यले सन्बन्धित साथीहरूलाई आत्मसम्मानमा चोट पुगेको छ, त्यस प्रति म फेरी पनि क्षमा चाहन्छु ! यसलाई कलाको दुष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु !कसैले नियतवस उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपारौ !न अल्झाउँ ! किनकि समाजमा टिप्नुपर्ने कैयौं कथा छन ! गाउनुपर्ने कयौं, गित छन् !र तपाईंले नै लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौं प्रश्नहरू छन्। प्रश्नहरूलाई निरुत्साहित नगरिदिनुहोस्। धन्यवाद

https://www.facebook.com/prakashsaputmusic/posts/515866859895312