फेरी भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’

काठमाडौं । विश्व स्वास्थ संगठनले कोरोनाको चौथो भेरियन्ट पत्ता लागेको जनाएको छ । नयाँ पत्ता लागेको भाइरस पहिलेका भन्दा कति खतरनाक छ भन्ने कुरामा अहिले अनुसन्धान सुर भएको छ ।

 

 

 

युरोपका थुप्रै मुलुकमा ‘डेल्टाक्रोन’ नामक कोभिडको नयाँ भेरियन्ट फेला परेपछि यसको खोपका विषय चर्चा सुरु भएको छ ।

 

 

यो डेल्टा र ओमिक्रोन भेरियन्टको सम्मिश्रणबाट बनेको भए पनि अहिले नै यो अत्यन्तै तीव्र गतिमा सर्ने वा अन्यभन्दा घातक छ कि छैन भन्ने स्थिती नभएको बताइएको छ ।

 

 

 

विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ)ले सानो संख्यामा डेल्टाक्रोन फ्रान्स, नेडरल्यान्डस् र डेनमार्कमा भेटिएको पुष्टि गरेको छ ।

 

 

 

कोभिड–१९ विरुद्धको फाइजर खोप निर्माण कम्पनीका अध्यक्ष अल्वर्ट बोर्लाले पूर्ण रुपमा खोप लिइसकेकाहरुले सन् २०२२ को उत्तरार्धमा चौथो खोप लिनुपर्ने बताएका छन् ।

 

 

उनले आगामी केही वर्षसम्म पनि कोभिड–१९ समाप्त नहुने बताएका छन् ।