‘हेल्लो जिन्दगी’चैत १८ मा रिलिज हुने

काठमाडौं । त्रिकोणात्मक प्रेमकथाको हेल्लो जिन्दगी’को रिलिज मिति परिवर्तन भएको छ । यहि चैत ११ गते रिलिज हुने तयारीमा रहेको फिल्म अब १८ चैतमा रिलिज हुने भएको हो ।

 

 

 

११ चैतमा साउथ फिल्म ‘आरआरआर’ आउने भएपछि फिल्म एकसाता पछि सारिएको निर्माण युनिटले जनाएको छ ।एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको फिल्ममा विक्रम डि जोशी, दीपिका प्रसाई, प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त लगायतको अभिनय छ ।

 

 

 

यो फिल्मको सम्पूर्ण छायाङ्कन बेलायतमा गरिएको छ । सत्य घटनाबाट प्रभावित फिल्मको निर्मातामा विक्रम डि जोशी र हिराल जोशी हुन्, भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन र सह–निर्मात्रीमा सविता गुरुङ रहेकी छन् ।

 

 

 

फिल्मको कथा लेखनमा निर्देशक बोहोरालाई विक्रम डि जोशीले सघाएका छन् । पटकथा तथा संवाद भने बोहरा र अभिमन्यु निरवीले मिलेर तयार पारेका हुन् । ‘हेल्लो जिन्दगी’मा पुरुषोत्तम प्रधानको छायाङ्कन छ ।