मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ

साैकेतिक तस्वीर

काठमाडौं। वीरगञ्ज महानगरपालिका-१४ बस्ने ३८ वर्षीय दिनेश प्रसाद राउतको ना।३४ प १९२८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

 

 

 

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२५ बस्ने २० वर्षीय आकाश कुमार पटेल, २८ वर्षीय दिपेन्द्र प्रसाद पटेल र सोही महानगरपालिका-२० बस्ने २९ वर्षीय मनिर मियाँ अन्सारी रहेका छन् ।

 

 

 

 

चैत ४ गते राति वीरगञ्ज महानगरपालिका-२५ स्थित सडकमा पार्किङ गरी राखेको अवस्थामा उक्त मोटरसाइकल चोरी गरी ना.२५ प १४६६ नम्बर प्लेट लगाइ चलाउँदै गरेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सो कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

 

 

 

उक्त मोटरसाइकल वीरगञ्ज महानगरपालिका-२० हरपतगञ्जबाट बरामद गर्नुका साथै सोही स्थानमा कागजपत्र नभएका अन्य ६ वटा मोटरसाइकल समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।

 

 

 

 

यसैगरी वीरगञ्ज महानगरपालिका-१ बस्ने २४ वर्षीय सन्जु रामको प्रदेश २-०३-०१८ प ००१८ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा बारा कोल्हवी नगरपालिका-१ बस्ने २३ वर्षीय अच्छेलाल चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

 

 

 

वीरगञ्ज महानगरपालिका-२ स्थित सडकमा पार्किङ गरी राखिएको अवस्थामा उक्त मोटरसाइकलको लक तोडी चोरी गरी भाग्दै गरेको अवस्थामा सोही महानगरपालिका-३ छप्कैयाबाट फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

 

 

उनीहरूउपर चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।