काठमाडौंबाट युवक अपहरण गरेको अभियोगमा ५ जना पक्राउ

साैकेतिक तस्वीर

काठमाडौं ।काठमाडौंबाट युवक अपहरणको अभियोगमा ५ जना पक्राउ परेका छन् । सिनामंलगबाट एक युवकलाई अपहरण गरेको अभियोगमा प्रहरी परिसर, काठमाडौंको टोलीले ५ जनालाई पक्राउ गरेको हो ।

 

 

पक्राउ पर्नेहरुमा भक्तपुरका सञ्जन ओली, निरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपाने रहेका छन् ।

 

 

 

काठमाडौं प्रहरीका अनुसार सिराहाका पवनकुमार यादवलाई स्कोर्पियोमा लगेर बन्धक बनाएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

 

 

 

प्रारम्भिक अनुसन्धानमा अपहरित हुने र अपहरण गर्ने दुवै पक्ष लागूऔषध सेवनकर्ता भएको हुनसक्ने देखिएको प्रहरीले जानकारी दिएको छ ।

 

थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएकाे छ।