‘काठमाडौंको फोहोर व्यवस्थापन गर्ने मै हो, संसदीय समिति बनाइयोस’

काठमाडौं । नेकपा एमालेका सांसद रामवीर मानन्धरले फोहोर व्यवस्थापनका लागि संसदीय समिति गठन गरेर त्यसको जिम्मा आफूलाई दिन माग गरेका छन् ।

आफूले मेयरको उम्मेदवार बन्ने आकांक्षा राखे पनि त्यो अवसर नपाएको भन्दै उनले आफ्नै नेतृत्वमा संसदीय समिति गठन गर्न माग गरेका हुन् । ‘महानगरको उम्मेदवारको आकांक्षा गरेको थिएँ तर पाइनँ । काठमाडौं अस्तव्यस्त र ध्वस्त भइरहेको छ । सभामुखमार्फत सरकारलाई मेरो आग्रह – फोहोर व्यवस्थापन संसदीय समिति बनोस् भन्ने मेरो माग छ, शुक्रवार प्रतिनिधिसभा बैठकको शून्य समयमा एमाले सांसद मानन्धरले भने, ‘निर्वाचन सकिएको १ महिना फोहोर व्यवस्थापन गर्न इच्छाशक्ति भएको मान्छे चाहिन्छ, त्यो भनेको म नै हो ।’