बिहे गर्न २० वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था हेरफेर हुने

काठमाडौं । नेपालमा २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाउने कानुनी व्यवस्था पुनर्विचार तथा हेरफेर गर्नुपर्ने कानुन, न्याय तथा संसदीमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले बताएका छन् ।

 

 

 

बुधबार बसेको प्रतिनिधि सभको बैठकमा मन्त्री कोइरालाले २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाइने कानुनी व्यवस्थाले अपराध बढाइरहेको बताउँदै पुनर्विचार गर्नुपर्ने बताए ।

 

 

 

उनले भने, ‘१६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, बिहे गर्न २० वर्ष कुर्नुपर्छ । बिहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्याण्डर्डले देखाउँदैन । यसले बरु अपराध बढाउने काम भइराछ ।

 

 

 

बाल विवाहमा सजाय भइराछ । त्यसैले यसमा रिभ्यू गर्नुपर्छ । कानुन मन्त्रालयले रिभ्युको प्रोसेस थालिसकेको व्यहोरा म अनुरोध गर्न चाहन्छु।