प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने

काठमाडौं । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने भएका छन् ।

 

 

शुक्रबार बसेको नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका हुन् ।

 

 

‘पार्टीले गरेको निर्णयलाई मान्दै ४८ घण्टाभित्र राजीनामा दिन्छु,’ उनले भनेका छन् ।

 

 

 

पार्टीले गरेको निर्णय मान्दै उनले छापामार शैलीमा मन्त्री फिर्ता बोलाउनुमा आपत्ति जनाए । उनले भने, ‘पछिल्लो समयमा फिर्ता गर्न छापामार शैलीमा निर्णय भयो ।

 

 

 

यस्तै, ४ मन्त्रीसहित १० सांसदहरुले मन्त्री हेरफेरको विषयमा विरोध र असन्तुष्टि जनाएका छन् । शुक्रबार नै उनीहरुले संसदीय दलको बैठक बोलाउन पनि उनीहरुको माग छ ।