‘विप्लव’नेतृत्वको नेकपाका जिल्ला सचिव विक क्रान्तिकारी माओवादीमा प्रवेश

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वमा रहेका विद्यार्थी नेताहरूले आज क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन्।

 

 

विप्लव निकट अखिल(क्रान्तिकारी)का पूर्वाअञ्चल विश्वविद्यालय उपत्यका जिल्ला सचिव नमराज विकले पार्टी तथा संगठनमा प्रवेश गरेका हुन।

 

 

 

नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले पार्टी र विद्यार्थी संगठनमा स्वागत  गर्दै उनले भने छरिएर रहेका सबै क्रान्तिकारीहरूलाइ पुर्नमिनलबाट एकताबद्ध गर्दै पार्टीलाइ थप बलियो बनाउदै अगाडी बढाउने दाहित्व हामी युवाहरूको भएको उल्लेख गरेका थिए।

 

 

 

त्यस्तै शिक्षा र स्वास्थ्यमा देखिएका विकृतिहरूको अन्त्य गर्न अखिल (क्रान्तिकारी) बाहेक अरू कुनै पनि संगठनहरूले नसक्ने अध्यक्ष गजुरेलले ठोकुवा गरे ।

 

 

 

उनले भने पुर्नमिलनबाट आउनु भएका कामरेडको पनि अबका आउने दिनमा हाम्रो जस्तै भूमीका रहनु पर्छ संगठनलाइ अगाडी बढाउन सबैको उतिकै भूमीका रहनु पर्ने अध्यक्ष गजुरेलले उल्लेख गरे।

 

 

सो पार्टी परित्याग गरि नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)मा पुर्नमिलन हुन पाउदा खुशी भएको विकले बताएका थिए। उनले भने अब यही संगठनमा रही देश र जनताको मुक्तिका लागि सधैं अग्रमोर्चामा काम गर्ने प्रतिबध्दता जनाएका थिए।

 

 

 

सो कार्यक्रममा अखिल (क्रान्तिकारी)का महासचिव पेशल दाहाल,केन्द्रिय सदस्य नेत्र शाही,केन्द्रीय सदस्य तथा सिटीभिटीका संयाेजक नर बहादुर कुमाललगायतका केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो।