शारदा शेर प्रतिष्ठानले बागेश्वरी माविका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

काठमाडौं । शारदा शेर स्मृति सामाजिक उत्थान प्रतिष्ठान जाजरकोटले बागेश्वरी माध्यमिक विद्यालयका दसजना छात्र/छात्रा गरि बिसजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । यो छात्रवृत्ति JSD फाउन्डेसन र शारदा शेर स्मृति सामाजिक उत्चान प्रतिष्ठानको संयुक्त प्रयासमा विद्यार्थीलाई प्रदान गरिने संस्थाले जनाएको छ ।

छात्र छात्राको अनुशासन, बिगत दुई वर्षको शैक्षिक प्रगति र आर्थिक अवस्थाको आधारमा छात्रवृत्तिको छनोट हुनेछ । छात्रवृत्तिको अवधि छनौटमा परेका स्थानीय छात्र छात्राले एसईई पश्चात बागेश्वरी माध्यमिक विद्यालयको कक्षा ११ र १२ गरि जम्मा २ वर्षको रहने छ । शैक्षिक प्रगति निरन्तर ओरालो लागेमा अर्थात् आफु अध्ययन गरिरहेको संस्थाले तोकेको मापदण्ड पूरा गर्न असमर्थ भएमा यो समयावधि लागु हुने छैन् ।

JSD फाउन्डेसनद्वारा २० जना विद्यार्थीहरुको भर्ना शुल्क (छात्रवृत्ति स्वरुप उपलब्ध रकम) छनौटमा परेका जेहेन्दार र न्यून आर्थिक अवस्था रहेका विद्यार्थीको हकमा मात्र लागु हुने र उल्लेखित रकम शारदा शेर स्मृति सामाजिक उत्थान प्रतिष्ठान संस्थाद्वारा सम्बन्धित बागेश्वरी माध्यमिक विद्यालयको खातामा ट्रान्सफर गरिने बताइएको छ । साथै छनौटमा परेका २० जना विद्यार्थीहरुलाई एकप्रति स्कुल पोसाक, स्टेशनरी उपलब्ध गराउने सम्पूर्ण जिम्मेवारी शारदा शेर स्मृति सामाजिक प्रतिष्ठानको रहने बताइएको छ ।

छनौट प्रक्रिया

-आफ्नो अध्ययन संस्थान अथवा समाजमा बाँच आउने कुनै पनि अनुशासनहिन काम गरेमा गराएमा अथवा त्यस्तो कुनै पनि किसिमको संलग्नता देखिएमा अनुदान तुरुन्तै रोकिने छ, प्रत्येक तिन महिना बढीमा ६ महिनामा आफ्नो शैक्षिक प्रगति विवरण स्वयम् अथवा आफु अध्ययन संस्थानद्वारा उपलब्ध गराउनु पर्नेछ ।

-यो छात्रवृत्ति विशुद्ध समाजसेवा भएका कारण तोकेको समयावधिभर विद्यार्थीले कुनै पनि राजनीतिक संघ संगठन गुठ समूहसँग आबद्ध हुन पाइने छैन, यदि कुनै पनि अपराधिक गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको पुष्टि भएमा संस्था जवाफदेही हुने छैन र निजको संस्थासँग कुनै सम्बन्ध नरहने गरि अनुदान तुरुन्तै रोकिनेछ ।