क्रान्तिकारी माओवादीसहितका पाँच पार्टीले राष्ट्रघाती नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रपतिलाई बुझाए ज्ञापन पत्र (पत्रसहित)

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)सहित पाँच पार्टीले राष्ट्रघाती नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रपति विध्यादेवी भण्डारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

 

 

 

नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य समेत रहेका देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलको नेतृत्वमा गएको पाँच पार्टीको टोलीले राष्ट्रपति भवनमै पुगेर ज्ञापन पत्र बुझाएको हो ।

 

 

 

ज्ञापन पत्र बुझाउने टोलीमा नेकपा (बहुमत)का नेता गुणराज लोहनी, नेकपा (मसाल)समन्वय समितिका संयोजक सन्तबहादुर नेपाली, नेकपाका अध्यक्ष लोकनारायण सुवेदी लगायतका नेताहरु सहभागी थिए ।

 

 

 

नाराजुलुससहित ज्ञापन पत्र बुझाउन पुगेको टोलीलाई प्रहरीले कान्तिबाल अस्पताल छेउमै रोकेको थियो । जुलुसलाई त्यहाँ रोकेपछि नेताहरुको एक टोली मात्रै गएर ज्ञापन पत्र बुझाएका थिए ।

 

 

 

कान्तिबाल अस्पतालको गेट नजिक पाँच पार्टीका नेता कार्यकर्ताले राष्ट्रघाती नागरिकता विधेयक खारेज गर, दलालहरु होसियार लगायतका नाराहरु लगाएका थिए । राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएर नआउन्जेलसम्म नेता कार्यकर्ताहरुले चर्को नाराबाजी गरेका थिए ।