आज दिउँसो देशभर मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना,सतर्क रहन महाशाखाको अनुरोध

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

 

 

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ।

 

 

 

हाल मौसमको अवस्था देशभर आंशिक देखि सामान्य बदली रहेको छ । सुदुर पश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

 

 

 

 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

 

त्यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन रचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

 

गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका श्थानमा एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

 

 

यस्तो छ आगामी २४ घण्टामा महाशाखाले जारी गरेको चेतावनी तथा परामर्श

 

 

देशका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाका साथै गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त भूभागहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।

 

 

साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।