हुम्लाको एक विद्यालयमा तीन शिक्षकले पढाउँछन् ६ विद्यार्थी

काठमाडौं।हुम्लाको एक विद्यालयमा ६ जना विद्यार्थीलाई पढाउन विद्यालयमा तीन जना शिक्षक कार्यरत रहेका छन्।

 

 

 

स्थानीयले आफ्ना बालबालिको अध्ययनको लागि गाउँ बाहिरका विद्यालय रोज्न थालेपछि त्यहाँ विद्यार्थीको सङ्ख्या वर्षेनी घट्दै गएको हो।

 

 

सिमकोट गाउँपालिका-३ को गुम्बा गाउँकी नाक्साल लामाले हिमगिरी प्राथमिक विद्यालय लिमाटाङमा हाल छ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन्।

 

 

 

लिमाटाङ गाउँका स्थानीयले आफ्ना बालबालिका सबै जिल्ला बाहिर र सदरमुकाम सिमकोटमा अध्ययन गराउन थालेपछि विद्यालयमा विद्यार्थी सङ्ख्या घटिरहेको हो।

 

 

 

यसका साथै सो गाउँमा मानिसहरु पनि निकै कम बस्दै आएका छन्। अहिले उक्त गाउँबाट विद्यालयमा अध्ययन गर्ने एक जना पनि विद्यार्थी छैनन्।

 

 

 

स्थानीय लामाका अनुसार छ जना विद्यार्थीहरु पनि आधा घण्टा टाढाको गुम्वा र टल्की गाउँबाट आउनुपर्ने बाध्यता छ।