नेपाल र बंगलादेशबीच हुने मैत्रीपूर्ण खेलको टिकट मूल्य तय (विज्ञप्तिसहित)

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले घरेलु टोली नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गरेको छ।

 

एन्फाले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गरेको हो ।

 

एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको जनाएको छ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल असोज ११ गते हुनेछ ।

 

मैत्रीपूर्ण खेल फिफा डे अन्तर्गत हुनेछ । खेल साँझ ५:३० बजे सुरु हुनेछ।

 

 

एन्फाले मैत्रीपूर्ण खेलका लागि उपाध्यक्ष विराज जंग शाहीलाई संयोजक तोकिएको जनाएको छ ।

 

 

मैत्रीपूर्ण खेलको अनुमानित बजेट ४८ लाख ६५ हजार रहेको एन्फाले जनाएको छ ।

 

 

नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली असोज ७ गते नेपाल आईपुग्ने एन्फाले जनाएको छ ।

 

 

मैत्रीपूर्ण खेलका लागि नेपालले कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईको नेतृत्वमा प्रशिक्षण गरिरहेको छ ।