एएफसी यू–१७ एसियन कप छनोट: नेपालले आज चाइनिज ताइपेविरुद्ध खेल्दै

काठमाडौं । भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज आइतबार चाइनिज ताइपेविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

फु थोस्थित भियत त्रि स्टेडियममा नेपालले ताइपेको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।

 ताइपेविरुद्ध मैदान उत्रदा नेपाल पहिलो तथा सान्त्वना जितको खोजीमा हुनेछ । ताइपे पनि पहिलो जितको योजनामा रहेको छ ।

समूह एफु मा रहेको नेपाल र ताइपे अंक विहीन छन् । दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । तर, अन्तिम खेलमा जित निकाल्दै दुबै टोली सान्त्वना जितसहित घर फर्कन चाहन्छ ।

नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको थियो । खेलमा आयोजक भियतनामसँग ५-० गोल अन्तरले पराजित भएको थियो ।

नेपाल समूहको पुछारमा रहेको छ । ताइपे तेस्रो स्थानमा रहेको छ । ताइपे पनि भियतनाम र थाइल्याण्डसँग पराजित भएको थियो ।

भियतनाम ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछ ।