अबिरल वर्षाले बाजुराको स्वामीकार्तिक ५ मिगुका दर्जनौ घर पहिरोको जोखिममा,लाखौंको क्षति

सांकेतिक तस्वीर

काठमाडौं। बाजुरामा अबिरल वर्षासँगै दर्जनौ घर पहिरोको जोखिममा परेका छन्। स्वामीकार्तिक गाउँपालिकाको वडा नम्बर ५ मा गएको पहिरोले बालिनालीमा ठूलो क्षति गरेको स्थानीय बासिन्दा दिपक महताराले बताए।

बाजुरामा बिगत ५ दिनदेखि परिरहेको अबिरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो गएको बताइएकाे छ। 

स्वामीकार्तिक खापर गाउँपालिका वडा न ५ मिगुमा पहिरो जाँदा आसपासका ९० घर जोखिममा रहेको स्थानीयले बताए । पहिरोको जोखिमले केही घरहरु खाली गरिएको छ।

वर्षातले आवतजावत गर्ने सडक बाटोहरू बगाउँदा स्थानीलाइ हिड् ढुल गर्न समेत समस्या परेको स्थानीयले जानकारी दिए । अविरल वर्षाले बालीनालीमा पु-याएको क्षतिको विवरण आइनसके पनि लाखाैंको क्षति गरेकाे उनिहरूले बताएका छन्। के कति क्षति भयो भन्ने विबरण संकल्न गर्न बाँकी रहेको छ। उचित राहतकाे व्यवस्था गर्न सम्बन्धित निकायले बेलैमा ध्यान दिन उनले आग्रह समेत गरेका छन्।

केही दिनदेखि नेपाल टेलिकमकाे टावर पनि अबरूद्ध भएकाले कसैसँग पनि सम्पर्क गर्न नसकिएकाे र आज दिउँसाेबाट कतिबेला टावर आउने जाने भइरहेकाे महताराले बताए। 

त्यस्तै जगन्नाथ गाउँपालिका १ मा अबिरल बर्षासंगै आएको पहिरोले घर भत्कीदा एक जनाको मृत्यु भएको छ भने एक जना महिला घाईते भएकी छन ।

मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका १ का अन्दाजी ४५ बर्षिया प्रभुलाल गिरी र घाईते हुनेमा उनकी आमा रहेकी छन ।घाईते भएकी उनकी आमाको उपचारका लागि कोल्टी लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रभुालाल गिरीको मृत्यु र उनकी आमा घाईते भएको भन्ने जानकारी पाउना साथ प्रहरी टोली खटिगई स्थानीयको सहयोगमा घाईतेको उद्दार गरि उपचारको लागि कोल्टी प्राथमीक स्वास्थ्य केन्द्रमा पठाएको र मृतकको पोष्टमर्टमको लागि समेत कोल्टी पठाईएको प्रहरीले जनाएको छ। बाजुरा जिल्लामा कुन ठाउँमा कति क्षति भएको छ त्यसको विवरण आन बाँकी रहेको छ।