निर्वाचन आयोगले भन्यो सामाजिक सञ्जालमा गरिने विज्ञापन पनि खर्चमा समावेश हुने

काठमाडौं ।निर्वाचन आयोगले उम्मेदवारहरुले सामाजिक सञ्जालमा गरिएको विज्ञापन पनि निर्वाचन खर्चमा समावेश हुने जनाएको छ।१६५ प्रतिनिधिसभा सदस्य र ३३० प्रदेशसभा सदस्यका लागि आइतबार देशभर उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दिएकामध्ये कतिपयले सामाजिक सञ्जालमा आफ्नो प्रचार प्रचार र विज्ञापन गर्न थालेका छन् ।

निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल र उम्मेदवारले सामाजिक सञ्जालमा विज्ञपन गर्दा हुने खर्च निर्वाचन खर्चमा समावेश हुने प्रष्ट पारेको छ।

सामाजिक सञ्जालमा विज्ञापन गरे नगरेको आफ्नो संयन्त्रले अनुगमन गरिरहेको भन्दै आयोगले भनेको छ, ‘सामाजिक सञ्जालमार्फत हुने विज्ञापनको सबै खर्च विवरण समेत चुस्त दुरुस्त राख्न सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिन्छ।

निर्वाचन आयोगले निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुश्प्रचार गर्ने, भ्रमक सूचना दिने जस्ता टिप्पणी नगर्न र नगराउन समेत आग्रह गरेको छ।

हेर्नुहोस् निर्वाचन आयोगको प्रेस विज्ञप्ति