एसईई परीक्षा चैतमा र कक्षा १२ को वैशाखमा सञ्चालन हुने

काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा चैतमा र कक्षा १२ को परीक्षा वैशाखमा सञ्चालन गर्ने भएको छ । परीक्षा बोर्डका अनुसार एसईईको परीक्षा चैतको दोस्रो सातादेखि हुनेछ । साथै असार तेस्रो साता एसईईको नतिजा सार्वजनिक गर्ने योजना बोर्डले गरेको छ।

यस्तै बोर्डको कार्यतालिका अनुसार वैशाख दोस्रो सातादेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको छ । कक्षा ११ को वार्षिक परीक्षा भने विद्यालयहरुले वैशाख अन्तिम सातादेखि सुरु गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डले कक्षा १० र कक्षा ११–१२ को छुट्टाछुट्टै कार्यतालिका बनाएको हो । कार्यतालिकामा विद्यार्थीले परीक्षा आवेदन फाराम भर्ने देखि परीक्षा संचालन र नतिजा प्रकाशनको समय तोकिएको छ ।