नेपाल-पाकिस्तानबीच हुने मैत्रीपूर्ण फुटबल खेलको टिकट बेच्दै इसेवा, यस्तो छ टिकट मूल्य

काठमाडौं ।नेपाल-पाकिस्तानको मैत्रीपूर्ण फुटबल खेलको टिकट बिक्री भूक्तानी सेवा प्रदायक इसेवाले शुरु गरेको छ।

इसेवाले आफ्नो प्रयोगकर्ताहरुलाई मेल मार्फत उक्त खेलको टिकट बिक्रीका लागि उपलब्ध भएको जानकारी दिएको छ।

नेपाल र पाकिस्तानबीच बुधबार कात्तिक ३० गते साँझ ५ बजे काठमाडौं स्थित दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ। उक्त खेल रंगशालामा पुगेर हेर्नेका लागि इसेवाले अनलाइनबाटै टिकट उपलब्ध गराउने भएको हो।

सो खेलका लागि इसेवाले तीन श्रेणीमा टिकट उपलब्ध गराइरहेको छ। नर्मल टिकटको ५००, भीआईपीको १००० र भीभीआईपीको ५००० रुपैयाँ शुल्क तोकिएको छ।