भारतीय अतिक्रमण र ज्यादतीकाविरुद्धको संघर्ष काठमाडौंमा मात्र होइन अब दार्चुलामा गएर गर्छौ: अध्यक्ष हरिकृष्ण गजुरेल

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले महाकालीमा गरेको अतिक्रमण र ज्यादतीकाविरुद्ध आज भारतीय दुताबास अगाडी  विरोध प्रदर्शन गरेको अध्यक्ष हरिकृष्ण गजुरेल बताए। 

उनले भने महाकाली नदिमा भारतले अतिक्रमण र ज्यादती गरेर एकपक्षीयरूपमा तटबन्ध निर्माण गरेकाेले दबाब दिन भारतीय दूतावास अगाडी गएर प्रदर्शन गरेकाे बताए।  

त्यस्तै महाकाली सन्धिका कारण सीमा क्षेत्रका जिल्ला दार्चुला र कंचनपुरका बासिन्दाले वर्षेनि सास्ती खेप्नु परेको अध्यक्ष गजुरेल बताए।    

दार्चुलाको उत्तर पश्चिमी सिरानीमा भारतीय सैनिक परेड खेलेर बसेका छन् तर हाम्राे नेपाल सरकार त्याे देख्दैन त्याे देखाउन नेपाली जनताले आन्दाेलन दबाब दिनै पर्छ,भारतीयसँग जनताले लडाइ गर्नै पर्छ त्यति गर्दापनि सरकार माैन बस्नु भनेकाे भारतीयकाे दलाली गर्नु नै हाे अध्यक्ष गजुरेलले भने।

त्यस्तै महाकाली तर्दा हालसम्म दर्जनौ दार्चुलावासीले महाकाली नदिमा विलिन हुनु परेका दिन अहिले पनि हामी माझ ताजा नै रहेका छन्।

जयसिंह धामी तुइनबाट महाकाली तर्दैगर्दा भारतीय सुरक्षाकर्मीको सिकार बनेका थिए भने केही दिन अघि भारतले सडक खन्दा आएको ढुंगा लागि दार्चुलाका एकजना स्थानीय बालकको ज्यान समेत गएको थियो।

यस्तो ज्यादती हेरेर बस्ने सरकारमा रहेका भारतीय दलालहरूलाई सिंहदरबारबाट सडकमा घिसारेर ल्याउने दिन छिटै आउदै छ अध्यक्ष गजुरेलले भने।

भारतले धौलीगंगा बाँधको ढोका खोल्दा आएको अकल्पनीय बाढीले दार्चुलाकाे खलंगा पूरै बगेको धेरै भएको छैन अझ फेरि भारतीय विस्तारवादले महाकाली पूरै नेपालतिर पठाउने गरि तटबन्ध निर्माण गरिरहेकोछ तर नेपालका साशकहरू भने अहिले पनि सुतेर बसेका छन् अध्यक्ष गजुरेलले भने।

महाकाली नेपालतिर सरेसँगै भारतले नदी च्याप्दै नेपालतिरै च्यापेर तटबन्ध बनाइरहेको नेपालको प्रशासनलाई थाहा छैन अनि कसरी हुन्छ नेपालीको रक्षा अनि नेपालकाे सरकार भारतीय दलाल हाे भन्ने यी यस्तै कुराले स्पष्ट पारेकाे गजुरेलले भने।  

नेपाली जनता सरकारसँग आफ्नो भूभाग बचाउन माग गर्दै लडाइ लडिरहेका छन् तर सरकार भने थाहा नभएको भन्दै जवाफ दिन्छ यो भन्दा नांगो दलाली अरू के हुनसक्छ उनले भने।

स्थानीय दार्चुलाबासीले गरेको प्रतिकारका कारण सदरमुकाम तनावग्रस्त हुँदासम्म सरकार कुटनैतिक पहल गर्ने भन्दै भारतीय विस्तारवादको अगाडि चुइकै बोल्न पनि सक्दैन भने जनताको सरकार हाे भनेर भन्ने की भारतीय दलाल सरकार हाे भन्ने अध्यक्ष गजुरेलले प्रश्न गरे। 

भारतका कारण नदी नेपालतिर धकेलिदै छन्, सीमा मिचिदैछ, सारिदै छन्,दार्चुलावासी ज्यान गुमाइरहेका छन् तर दिनहूँ सास्ती खेप्न बाध्य जनताहरू सरकारसँग गुहार माग्दै छन्  दलाल सरकार कानमा तेल हालेर बसेकाे छ अध्यक्ष गजुरेलले भने।

सिमाका नेपालीले भारतीय ज्यादतिको प्रतिरोध गरिरहेका छन् तर सरकारले भने विरोधमा बोल्ने साहससम्म जुटाउन सकिरहेको छैन। अनि हामी नेपालीले भारतीय दलाल सरकार नभनेर के भन्ने त भन्दै अध्यक्ष गजुरेलले सरकारलाई प्रश्न गरेका छन्।

अब काठमाडौंमा मात्र होईन दार्चुलामा गएर आन्दोलन गर्नेबेला भएको छ। राष्ट्रियताका विषयमा अब नेपाली जनता चुपलागेर बस्ने अवस्थामा छैनन् अब दलालहरू नबाेले पनि जनताहरू जुरमुराउदै छन् भारतीय विस्तारवादसँग लड्न पनि तयार हुँदै छन् गजुरेलले भने।