फोरजी सेवामा नेपाल टेलिकम अग्रस्थानमा

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०७९ माघको एमआईएस रिपोर्टअनुसार फोरजी प्रयोगकर्ता १ करोड ९२ लाख ३ हजार ७७१ पुगेका छन्।

हाल नेपालमा तीन दूरसञ्चार सेवा प्रदायकले फोरजी सेवा उपलब्ध गराउँदै आइरहेका छन्। फोरजी प्रयोगकर्ताको आधारमा नेपालको सबैभन्दा ठूलो सेवा प्रदायक नेपाल टेलिकम रहेको छ।

प्राधिकरणको रिपोर्टअनुसार नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता १ करोड २१ लाख ९७ हजार ३४४ छन्। फोरजी सेवामा नेपाल टेलिकमको बजार हिस्सा ६३.५१ प्रतिशत छ।

दोस्रो स्थानमा रहेको आजियाटा एनसेलको फोरजी प्रयोग गर्ने ग्राहक ६८ हजार ९९ हजार ३५१ छन्। एनसेलको बजार हिस्सा ३५.९२ प्रतिशत छ।

यसैगरी हाल खारेजीमा परेको स्मार्ट टेलिकमको फोरजी ग्राहक १ लाख ७ हजार ७६ छन्। स्मार्ट टेलिकमको फोरजीमा बजार हिस्सा ०.५५ प्रतिशत भएको तथ्यांकमा देखिएको छ।