कथित समाजवादी मोर्चा निजी स्वार्थमा निर्माण भएको हो: अध्यक्ष भट्टराई

फाइल तस्वीर

काठमाडौं। पूर्व प्रधानमन्त्री एवम् अध्यक्ष बाबुराम भट्टराईले समाजवादी मोर्चाको निमार्ण प्रति आशङ्का व्यक्त गरेका छन्। जालझेलले समाजवादको निर्माण नहुने भन्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले मोर्चाको सत्ताको बार्गेनिङको अंश बन्न नहुने टिप्पणी गरेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा मोर्चा गठन भए पछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

समाजवाद संसदीय अङ्कगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन,उनले भनेका छन्,यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो।

उनले मोर्चाको गठन सत्ताको बार्गेनिङका लागि भएको आशङ्का व्यक्त गर्दै त्यसो नगर्न सुझाव दिएका छन्।

कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी सक्तीहरूसँग बार्गेनिङको हतियार बनाउने दुष्कर्म नहोस्,’ भट्टराईले भनेका छन्,केहीलाई सधैँ र धेरैलाई केही बेर ठग्न सकिन्छ तर सबैलाई सधैँ ठग्न सकिन्न भन्ने हेक्का रहोस् ।