सशस्त्र प्रहरीले नक्कली नोटसहित तीनजनालाइ लियो नियन्त्रणमा

काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ५ मा पर्ने गोलढुंगा नगिनी खोला नजिकबाट नक्कली नोटसहित तीनजना पक्राउ परेका छन् ।

हिम्मत बमको घरको भुइँतलामा भाडामा बस्ने खोटाङका लक्ष्मी पाण्डे, लमजुङका सुवास गुरुङ र रामेछापका मदन दमाईलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

उनीहरूको कोठाबाट नेपाली रुपैयाँ एक हजारको १८२ थान नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज २०० थान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

नोट छाप्न प्रयोग हुने मेसिन फेला नपरेकाले अन्यत्रबाट नक्कली नोट बनाएर त्यहाँ ल्याइराखेको हुन सक्ने आशंका गरिएको छ।