पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्यो,३ जनाको मृत्यु ८ घाइते

काठमाडौं। पाल्पाको रिब्दीकोट गाउँपालिकाको जोर्तेमा गुडिरहेको स्कार्पियो जिपमाथि पहिरो खस्दा ३ जनाको मृत्यु भएको छ।

गुल्मीको तम्घासबाट बुटवल जादै गरेको स्कार्पियोमाथि पहिरो खसेको थियो। दुर्घटनामा परेर ८ जना घाइते भएका छन्।

लु १ ज ४६०० नम्बरको रूरू रेसुङ्गा यातायात प्रालिको स्कार्पियो उकालोमा गुडिरहेका बेला विहान करीव सवा ८ बजेको समयमा पहिरो खसेको थियो। घाइतेको उपचारको लागि तानसेनस्थित मिशन अस्पताल लगिएको छ।

स्कार्पियोका चालक बालकृष्ण श्रेष्ठ भने सकुशल रहेका प्रहरीले जनाएको छ। मृत्यु हुनेमा दुई जना पुरूष र एक महिला रहेका छन्।