शेयर बजारमा ३९ अंकको वृद्धि

काठमाडौं। शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ३९.४८ अंकले बढ्दै २००७.०६ बिन्दुमा पुगेको छ । १ अर्ब ५९ करोड ५५ लाख २१ हजार ९०५ रुपैयाँ बराबरको ५१ लाख ४४ हजार ७२४ कित्ता शेयर किनबेच भएको छ।

मंगलबार १९.४२ अंकले घटेको नेप्सेमा बुधबार बाउन्सब्याक भएको हो। आइतबार र सोमबार बढेको नेप्से हिजो मंगलबार घटेको थियो। बुधबार भने मंगलबारको गिरावट समेत कभर गर्दै नेप्सेले २००० अंकको बिन्दु पार गरेको हो।

नेप्सेका अनुसार बुधबार कारोबार भएका २१३ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीकोे शेयरमूल्य घटेको छ। ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।

आज बरुण हाइड्रोपावरको शेयर मूल्य २२ रुपैयाँले प्रतिशतले बढेर प्रतिकित्ता २४२ रुपैयाँ पुगेको छ। शुभम् पावर लिमिटेडको शेयरमूल्य पनि ८१‍४० रुपैयाँले बढेर ८९६ रुपैयाँ पुगेको छ।

थ्री स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले भने प्रतिशतका हिसाबले सबैभन्दा धेरै गुमाएका छन‍। सो कम्पनीको प्रतिकित्ता शेयरमूल्यमा ८ प्रतिशत गिरावट आउँदा ३१३ रुपैयाँ काम भएको छ।

नेप्सेका अनुसार कारोबारको आधारमा आज एनआइसी एसिया बैंकको शेयर सबैभन्दा बढी कारोबार भएको छ। सो कम्पनीको ७ करोड ९३ लाख २५ हजार ३४७ रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।