शिक्षा ऐनप्रति राहत शिक्षकहरुको असहमति,आन्दोलनको तयारी गर्दै

काठमाडौं। संसदमा दर्ता भएको शिक्षा ऐनप्रति राहत शिक्षकहरुले असहमति जनाएको छन्। राहत शिक्षक संघका अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईँले मंगलबार विज्ञप्ति जारी गर्दै शिक्षा ऐनप्रति असहमति जनाएका हुन्।

ऐनमा आफ्ना माग सम्बोधन नगरिएको भन्दै ४० हजार शिक्षकको पेसागत भविष्यमाथि कुठराघात गरिएको विज्ञप्तिमा भनिएको छ। साथै आन्दोलनका लागि आव्हान समेत गरिएको छ।

शिक्षा ऐन संसदमा दर्ता भएसँगै अस्थायी प्रकृतिका शिक्षकलाई स्थायी गरेको सामान्य नजिरलाई पनि हेक्का नराखी सामुदायिक विद्यालय, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर ध्वस्त पार्ने मनसायले देशभर कार्यरत ४० हजार राहत शिक्षकको पेसागत भविष्य माथि कुठाराघात गर्नेगरी सीमित शैक्षिक माफियाहरुको झुण्डले यो विधेयक तयार गरेको राहत शिक्षकको भनाइ छ।