चितवनको भरतपुरमा गजल साँझ कार्यक्रम सम्पन्न

चितवन।चितवनको भरतपुरमा गजल साँझ कार्यक्रम सम्पन्न गरिएको छ। १५७ औं मोती जयन्तीको अवसरमा गजल मञ्च चितवनको आयोजनामा द ग्रिन पार्क रेष्टुरेन्ट लंकूमा गजल साँझ कार्यक्रम गरिएको थियोे।

कार्यक्रम गजल मञ्चकाे अध्यक्षता लेखराम सापकोटाले गरेका थिए भने सञ्चालन सचिव पारु खरेलले गरे।

कार्यक्रममा गजल मञ्च चितवनका पूर्व अध्यक्षहरु किसान प्रेमी, धनराज गिरी, रमेश प्रभात, साहित्यकार एल.बी.क्षत्री, भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव लगायतका जिल्लाका उल्लेख्य साहित्य अनुरागीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा उषा तिवारी, निर्दोष जीवन, सपना रैला अर्याल, प्रमिला सानु , अपेक्षा गिरी, परि विक्रम लगायतका गजलकारहरूका तिन वटा गजल संगितसहित प्रस्तुत गरिएको थियो।

वाद्य वादनमा सुरज बज्राचार्य र मनोज थापा रहेको उक्त कार्यक्रम निकै मनमोहक रहेको थियो। कार्यक्रममा सहभागीहरुले संगित धुनमा गजल सुन्न पाउँदा भरपुर मनोरञ्जन लिएका थिए।

कार्यक्रमको प्रायोजन भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान, सम्पूर्ण किताब, कनेक्ट कन्सल्टेन्सी, द ग्रिन पार्क, आरम्भ कलेजले गरेका थिए।