वीर अस्पतालमा हप्ताको ३ दिन मृगौला प्रत्यारोपण गरिने

काठमाडौं। वीर अस्पतालले अबदेखि हप्ताको तीन मृगौला प्रत्यारोपण गर्ने भएको छ।

अस्पतालले १ असोजदेखि सोमबार, बुधबार र शुक्रबार मृगौला प्रत्यारोपण गरिने अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले जानकारी दिए।

यस्तै १ असोजदेखि प्रत्येक हप्ताको आइतबार, मंगलबार र बिहीवार यूरोलोजी ओपीडी सञ्चालन गरिएको निर्देशक पौडेले जानकारी दिए।

उनले प्रत्येक हप्ताको आइतबारदेखि शुक्रबारसम्म (६ दिन) शल्यक्रिया सञ्चालन गरिएको बताए।