आज सुनचाँदीको मूल्य स्थिर,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलाको एक लाख सात हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार पनि छापावाल सुन प्रतितोला एक लाख सात हजार ३०० रुपैयाँमा नै कारोबार भएको थियो।

तेजाबी सुन प्रतितोला एक लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि तेजाबी सुन यही मूल्यमा करोबार भएको थियो।

चाँदीको मूल्य भने चार दिनदेखि नै स्थिर छ। चाँदी तोलाको एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।