राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख दिने,यू-१९ टोलीले पनि नगद पाउने

काठमाडौं। आइसिसी टी-२० क्रिकेट विश्वकपमा छनोट हुन सफल राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख नगद पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले २०२४ मा वेष्ट इन्डिज र अमेरिकामा संचालन हुने खेलमा खेल्न सफल भएकोमा पुरस्कृत गरेको हो। यसअघि नेपालले एसिया छनोटको सेमिफाइनलमा युएईलाई हराएर विश्वकपमा स्थान बनाएको थियो।

सोमबार बसेको क्यानको बोर्ड बैठकले यू -१९ राष्ट्रिय क्रिकेट टोलीलाई पनि जनही ५० हजार रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ।

क्रिकेट हङकङको आयोजनामा यही नोभेम्बर १५ देखि १९ सम्म ४ राष्ट्रहरूका महिला क्रिकेट टिमहरूबीच संचालन हुने टी-२० सिरिजमा सहभागिताका लागि निमन्त्रणा प्राप्त भएको र हुँदा उक्त प्रतियोगितामा राष्ट्रिय महिला क्रिकेट टोलीलाई सहभागी हुन पठाउने निर्णय भएको छ।