नेपाल सुपर लिगमा आज ललितपुर र वीरगञ्ज भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज दशरथ रङ्गशालामा ललितपुर सिटी फुटबल क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको छ।

यसहभि हिजो भएको खेलमा काठमाडौँ रेजर्स फुटबल क्लब र झापा फुटबल क्लबबीचको खेल बराबरीमा सकिएको थियो ।

खेलको विभिन्न समयमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरेता दुवै टोलीले गोल गर्न सकेनन् र अन्ततः खेल गोलरहित बराबरीमा टुङ्गियो।

यस बराबरी खेलसँगै काठमाडौँले तीन खेलमा ५ अङ्क जोडेको छ। काठमाडौँले पहिलो खेलमा स्पोर्टिङ इलामलाई हराएको थियो भने दोस्रो खेलमा एफसी चितवनसँग बराबरी खेलेको थियो।

त्यस्तै, समान तीन खेल खेलेको झापाले २ अङ्क जोडेको छ। पहिलो खेलमा इलामसँग पराजित भएको झापाले दोस्रो खेलमा पोखरासँग बराबरी खेलेको थियो।