नेपाल टेलिकमले ल्यायो ‘विन्टर अफर’ यस्ता छन् आकर्षक प्याकेजहरु

काठमाडौं। नेपाल टेलिकमले ‘विन्टर अफर २०८० अन्तर्गत विभिन्न अफरहरु उपलब्ध गराउने भउको छ।

टेलिकमले एक विज्ञपित जारी गरेर भोलि (पुस २७ गते) देखि लागू हुनेगरि विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने जानकारी गराएको हो।

यसअघि उपलब्ध गराइएको फोरजी डाटा अफरलाई आकर्षक बनाइएको टेलिकमले जनाएको छ। यसअनुसार एक दिनको समयावधिका लागि रु.१९ को चार सय एमबी डाटा र रु. ३३ मा १२ सय एमबी डाटा उपलब्ध हुनेछ।

यसैगरि सात दिनको लागि रु १०७ मा पाँच जिबी र २८ दिनका लागि रु.२८९ मा सात जिबी उपलब्ध हुनेछ। स्टे कनेक्टेड प्याक अन्तर्गत पाँच दिनका लागि रु. १०९ मा ६ जिबी डाटा तथा रु. १३९ मा ६ जिबी डाटा र १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ।

यसअघि उपलब्ध अलटाइम भ्वाइस प्याक अनलिमिटेड प्याक,डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याकलगायत विभिन्न आकर्षक प्याकहरुसमेत उपलब्ध हुनेछन्।

विन्टर अफर अन्तर्गतका विभिन्न प्याक प्राप्त गर्नका लागि ग्राहकहरुले *१४१५*१#डायल गर्नुपर्नेछ। कम्पनीको नेपाल टेलिकम एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ।

यसैगरि कम्पनीको वेवसाइटwww.ntc.let.np मार्फत यस अफर सम्बन्धी विस्तृत जानकारी लिन सकिने टेलिकमले जनाएको छ।