माइतीघरमा प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ

काठमाडौं। माइतीघरमा प्रदर्शन गर्ने सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ स‌ंगठन नेपाल विद्यार्थी संघका केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँको माइतीघरमा लगाइएको निषेधाज्ञा हटाउनुपर्ने मागसहित नेविसंघले आइतबार विरोध प्रदर्शनको आयोजना गरेको छ।

संघको काठमाडौँ जिल्ला कार्यसमितिले निषेधित क्षेत्र घोषणा गरेको माइतीघर नै पुगेर विरोध प्रदर्शन गरेको हो।

उनीहरूले ‘माइतीघरको निषेधाज्ञा खारेज गर १, अभिव्यक्ति स्वतन्त्रता कायम गर’ जस्ता प्लेकार्ड बोक्नुका साथै नाराबाजी समेत गरेका थिए।