प्रेम दिवस विशेष: सामाजिक मान्यता भित्र,क्षितिज पारी मेरो स्वतन्त्र प्रेम

प्रेम के हो? आज म परिभाषित गर्न चाहन्न जसले प्रेमको अपव्याख्या गर्‍यो किनकि प्रेमलाई परिभाषित गर्नु नै प्रेमको कोमलता लाई निमोठेर सामाजिक मान्यताको पर्खाल लगाउनु हो। भोग्नेहरु भन्छन्,परिभाषाले प्रेमलाई सङ्कुचित गर्छ र मार्छ। तर मेरो शब्दमा प्रेम अनुभुती हो! प्रेम दर्शन हो!

अनायास मन भित्र तिम्रो प्रेमको आभास हुनु एक अर्कामा समर्पित हुँदै सम्बन्धको गहिराइमा प्रेमको स्पर्श, हरेक मान्छे संग गरिने प्रेम फरक, फरक हुने गर्छ।

प्रेमले समाजको पेचिलो यर्थाथलाइ मात्र प्रतिविम्वित गर्दैन। तर प्रेमको स्पर्शले एक अर्का बीच दिगो छाप छोड्छ यदि कुनै। कारण त प्रष्ट छ। रमणीय छ।

सोचेकि थिएँ,प्रेम कोमल कुरा हो,मिठो आभास हो, यसलाई मिठो तरिकाले कोमल शब्दमा भन्न सकियोस,तर अहँ,सोचे जस्तो क्यै भएन, बाल्यकालको सरलता सायद बाटैमा छुटेछन् अब भावनाहरू जम्न थालेछन।

त्यसैले, यो भारी मन मस्तिकबाट निस्केका भद्दा शब्दहरूलाई केही सरल पारेर बुझिदिने छौ।जिवनको यस क्षणमा मलाई समयका निर्मम बाछिटाले हिर्काए तर जिन्दगी हो,त्यसैले म चै सरल तिमि चै अलि कठोर वा तिमीमा।

बस,एउटा अपेक्षा त पक्कै छ।मसँग तर तिमीसँगको अपेक्षा होइन,प्रेमसँगको अपेक्षा हो।हामी बीच प्रेम अंकुराउने हो भने त्यसले पक्का पनि हामी दुवैमा एकैनास सरलता ल्याउला। 

हामी जिउन सक्छौं भन्ने विश्वास जागेको छ। यदि दुबैले दुबैलाई ख्याल,सम्मान र मर्यादित बनाउन सक्यौं भने अथवा अहिलेसम्म हामी जिन्दगीको एउटा मोडमा आईपुगेका छौं र दुबै जिम्मेवारीहरुका प्रमुख नेतृत्वकर्ता हौं। अझै धेरै स्वतंत्रता तिमीलाई छ।

शायद मलाई कम होला। जुन जुन स्टाण्ड र पोजिशनमा छौ त्यहिबाट प्रस्थान गरेर दुबैतर्फका बाधा र अवरोधहरुको न्यायपुर्ण हाईवेको परिकल्पना गर्न सकिन्छ।

यदि सांचो प्रेम प्रणय गर्न सकियो भने तर यो निकै चुनौतीपूर्ण यात्रा हुनेछ तर निश्वार्थ भावनाको प्रेम र अनि लोभ-लालच अनि स्वार्थबाट जोगाउन सकियो भयो भने असंम्भव पनि छैन जस्तो लाग्छ मलाई तिमीलाई कस्तो लाग्छ?

यस बिषयमा म भन्दा तिमीमा धेरै गुणा परिपक्कता छ, भन्ने मलाई अहिले सम्मका संवादहरुले पुष्टी गरेकाछन् जस्तो लाग्छ चाहे ब्यबहारिक अनुभव होस् वा उपन्यासहरु या अनेकानेक फिल्म,कथा,टिभी सिरियलहरु वा अरु कुनै पनि माध्यमवाट हासिल गरेको अहिलेसम्मकै ज्ञान निष्कर्षले खारिएको छौ भन्ने मेरो विश्वास छ। मैले कुनै हिन्दी फिल्ममा हिरोईन र हिरोले बोलेको सिरियस डाईलग पनि उल्लेख गर्न चाहान्छु।

जहां उम्मिदें होति है वहां प्यार नहि मिलता है। जहां सोचा भि न हो वहां ईतना मिल जाता है कि जो संभाले नहि संभालता।एक बात कहें किसि से उम्मिदें करनी हि नहि चाहिए उम्मिदे टुट्ते है तो बडि तकलिंफ हो ति हैं।  

हो तिम्रो कल्पनामा प्रेमका अनुभुती लेखिरहेकी छु। न त यसमा प्रेमको कुनै तिमीलाई अजीवभाषा छ न त कुनै कसम नै। हो, हामीले प्रतिज्ञा (कसम) नगरौं प्रतिज्ञा टुट्न सक्छ तर विस्वास टुटनु भएन। 

यहाँ म तिमीलाई प्रेम नै गर्छु र गरिरहन्छु भन्ने कसम पनि खान्नस थाहा छ? कसमहरू तोड्नकै लागि बन्छन्, जति कम कसम खायो त्यति नै हामी स्वतन्त्र प्रेमको उडानमा हुन्छौं भनेर १९ औं शताब्दीको मध्यतिर नै कवयित्री क्रिस्टिना रोजेत्तीलेआफ्नो प्रेमीलाई भनेकी रहिछिन्–मसँग कुनै कसम नखाऊ,ताकि मैले पनि तिमीसँग कसम खानु नपरोस्स हामी दुवै आफ्नो स्वतन्त्रता कायम राखौं,ताकि हामी न त कहिल्यै झुठ बन्नु परोस्, न कहिल्यै सत्य बन्नु परोस्स् ताकि हामी एक अर्काप्रति कुनै अपेक्षा बेगरको मृत्यु मर्न सकौं, ताकि हामी जुन स्वतन्त्रतामा जन्म्यौं, त्यही स्वतन्त्रतामा मर्न सकौं हो कसमहरूले नै मलाई तिमीबाट झुठ बनाउनेछन् र तिमीलाई म बाट!

तिनै कसमहरूले नै मलाई तिमीबाट केही अपेक्षा गर्न सिकाउने छन् र तिमीलाई म बाट। तिनैले हामीलाई सही र गलत बनाउने छन्, तर प्रेम त सही र गलतको विन्दुभन्दा माथि छ,हुन्छ र हुनुपर्छ।झुठ र सत्य, सही र गलत, राम्रो र नराम्रो जस्ता द्वैधताको अन्त्यमा मात्र स्वतन्त्रता हुने रहेछ, जहाँ स्वतन्त्रता त्यहाँ प्रेम फुल्ने गर्दछ।

त्यो विन्दुमा मात्र म तिमीलाई पूजा गर्न सक्ने रहेछु,र तिमी मलाई पुजा गर्न सक्ने रैछौ त्यो विन्दुमा मात्र प्रेम पवित्र बन्न सक्ने रहेछ। अनि मात्रै हामी बीच सांचो प्रेमको अनुभुति हुनसक्ने संभावना देखेकी छु किन कि सबै कुराहरु नेचर नै रहेछन् तर अलिकति फरक र ब्यबहारीकता पनि। कतै पट्टी पनि लालच र आशा प्रेममा बाहेक अरु कुनै पनि कुरामा गर्नु नपर्ने संरचना हामी बिच छ।

त्यसैले यो प्रेम जन्मेर हुर्केको छ र तिम्रो झन परिपक्वता र स्मार्ट युगमा छौ।हामीलाई समय र परिस्थितिले अघि त हामी ब्यस्त वा आ-आफ्नो ठांऊमा खुट्टामा उभिनको लागी समय खर्च गर्यौ। सवाल दुरीको प्रेमसित यसको साईनो गौंण हुन्छ आज पृथ्वीको दुरी टाढा भए पनि स्मार्टफोनमा २४ सै घण्टा साथमै भएको फिलीङ् हुन्छ।

यहाँ एउटा यस्तो मौन प्रार्थना चाहिएको छ, जसमा म तिमीलाई मूल्यांकन नगरी पूजा गर्छु, तिमी मलाई मूल्यांकन नगरी पूजा गर्छौ किनभने हामी दुवै एक अर्काका हामी दुवै प्रेमका उपासक हौँ। यो उपासना फैलिँदै गयो भने हरेक मान्छेले हरेकलाई पूजा गर्नेछ,प्रेमको यज्ञ शुरू हुनेछ र धर्ती स्वर्ग बन्नेछ।

मान्छेले भन्ने गरेका भनाईहरुलाई एकसाथ एउटा मालामा उनेर सजाएको सुन्दर माला हो। प्रेम जसलाई प्रायः सबैले मन पराउँछन् त्यसरी यो स्वार्थी दुनियाँमा मान्छेलाई भन्दा उसको पैसा र सम्पत्तिलाई प्रेम गर्नेहरु धेरै छन्।तर तिमी र म यो स्वार्थी दुनिया भन्दा भिन्न सांचो प्रेमका सांच्चिकै उदाहरण बन्न सकौं यहि कामना दुबैले गर्यौं भने हाम्रो हरेक दिन सुन्दर हुने छ।

हो, प्रेम उच्चतम मानवीय मूल्य हो तर जब यसलाई व्यवहारिक पक्षमा उतार्न खोजिन्छ,मान्छे जहिले मान्छेलाई कैद गर्ने सोच्छ,मान्छे स्वतन्त्र र बन्धनरहित नभई प्रेम फुल्दैन, तर यस तथ्यप्रति प्रेमका ठेकेदारहरू,खुशीका ठेकेदारहरू जहिले आँखा चिम्लिन्छन्।

हो,यस अवसरमा म तिमीलाई प्रेमपत्र लेखिरहेकी छु, यसकारण पनि कि धर्तीमा अहिलेसम्म प्रचारित प्रेम कति रुग्ण छ, यसको व्यवहारिक प्रयोग सही छैन र यसको उपचार गर्ने दायित्व हामीमा छ।

बुझ्यौ रु मानौं एउटी केटीलाई कसैले प्रेमको नाममा फँसायो,ऊ देशको सीमा र परिवारका अड्चन त्यागेर प्रेमीको नाममा धेरै कष्टहरु काटिएको हुन्छ तर त्यहाँ प्रेम अहिले पनि केटी प्रेमको नाममा तडपिन विवश भइरहेकी हुन्छे, के यसलाई प्रेम भन्ने त ?

प्रेम भन्नासाथ उसमा कस्तो कोमतला जन्मेको थियो होलारु उसको मनमा कति खुशीका गुलाब फूलेका थिए होलान्? तर हेर, ऊ सबै खुशी मारेर ढुङ्गा बन्न विवश हुन्छे, मान्छेलाई मित्र र शत्रु भनेर विभाजन गर्न विवश हुन्छिन् वास्तविक प्रेम र कोमलताकी खानी भएर पनि!

ओहो, प्रेम! दुनियांको जिवनमा घटेका र भएको प्रेमको कारुणिक दुरूपयोग सुनेर मेरो मुटु छियाछिया भएको छ, म केहि रात छटपटीएकि छु, केहि दिन सायद हो,दुनियाँलाई नियाल्दा थोरै मान्छेलाई मात्र सही बाटो देखाएको छ।

त्यसैले प्रेमको साधन प्रयोग गरेर प्रेमको उपचार गर्दै प्रेमको साध्यसम्म पुग्नु एक अर्काको र दायित्व भएको छ। म कल्पनामा अडेको छैन,यो दुनियाँ भन्दा अलि पर तिमीमा छुट्टै बिशाल प्रेमको सम्भावना देखेको छु। त्यसैले,हामी प्रेमका उच्चतम सम्भावनाहरूको खोज गरौँ!

प्रेमको कथामा जिवनको रंग भर्ने कोशिश गरौं,यसलाई साधन बनाएर अघि बढ्दै यसलाई साध्य बनाउन काम गरौँ! प्रेमलाई परिभाषित गर्ने र कसम खाने कुरा भन्दा माथि उठेर धर्तीमा एउटा कोमलताको विजारोपण गरौँ! 

यो एउटा प्रेमको महान यज्ञ हुनेछ, जसले दुईआत्माको कल्याण हुनेछ भन्ने ठानेकी छु। यस महान यज्ञमा चरूको होम गर्न दुबैले गर्नुपर्नेछ! मेरो प्यारो मान्छे ,हामीले आजैबाट एउटा पवित्र कार्य शुरू गरेका छौं।

यो गर्नको लागि तिमी र म बाहेक अरू कुनै उपयुक्त पात्र हुनै सक्दैन! जीवन उत्कृष्ट र स्वतन्त्र हुनुपर्छ आऊ,संगै हामी आज यस्तो एक कदम उठाऔं जुन मानव समाजको एउटा गर्वलायक हाम्रो प्रेम कथाको कदम बनोस्।

यो प्रेमील अभियानमा हामी यो प्रेमकथा आरम्भ गरौं। धर्तीमा एउटा कोमलताको विजारोपण गरौं। हरेक प्रेमिल जोडीहरु अनि सामाजिक मान्यता भित्र हरेक प्रेम संभन्धहरु सबै सबैलाई प्रणय दिवसको सुभकामना!