नेपालले भारतमा त्रिकोणात्मक सिरिज खेल्ने

फाइल तस्वीर

काठमाडौं। नेपाली क्रिकेट टोलीले भारतीय दुई घरेलु टोली गुजरात र बरोडासँग त्रिकोणात्मक टि-२० सिरिज खेल्ने भएको छ।

गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसियसनले फ्रेन्ड कप त्रिकोणात्मक टि-२० सिरिजमा नेपाललाई खेलाउने भएका हुन्।

चैत्र १७ (३१ मार्च) देखी सुरु हुने त्रिकोणात्मक सिरिज राउन्ड रोविनको आधारमा हुनेछ। क्यानले नेपालको सिनियर टोलीसँगै स्टेट लेभल (रणजी खेल्ने) गुजरात र बरोडाको पहिलो रोजाईको टोली हुने बताएको छ। यस सिरिजलाई नेपालले जुनमा खेल्ने टि-२० विश्वकप अघिको तयारीको रुपमा समेत हेरिएको छ।

नेपालले पहिलो खेल चैत्र १७ (मार्च ३०) मा गुजरातसँग खेल्नेछ। दोस्रो खेल चैत्र २० (अप्रिल २) मा खेल्नेछ। चैत्र २१ (अप्रिल ३) मा गुजरातसँग खेल्नेछ।

त्यस्तै सिरिजको अन्तिम खेल चैत्र २३ (अप्रिल ५) मा बरोडासँग खेल्नेछ। फाइनल चैत्र २५ (अप्रिल ७) मा हुनेछ। सिरिजका शीर्ष दुई टोली फाइनल खेल्नेछन्।