नामिबियाविरूद्धको खेलमा नेपाल विजयी

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार खेलिएको खेलमा नेपाल विजयी भएको छ।

आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले हराएको हो। जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि जिवितै राखेको छ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८० रन बनाएको थियो।

जवाफी ब्याटिङमा ओर्लिएको नामिबियाले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ७७ रनमात्र बनाउन सक्यो।

जितका लागि १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ‌ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो।

नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो। तर करण केसीले कसिलो बलिङ गर्दै ८ रन मात्र दिए।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो। नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले। उनी ५५ रनमा नट आउट रहे।

७।२ ओभरमा ४ विकेट गुमाउँदै ६४ रन बनाएर दबाबमा परेको नेपाललाई उकास्ने क्रममा कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए। आरिफ ३१ रनमा आउट भए ।

सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भएका छन् । त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भए।

दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए। यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।