विश्वभर फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

काठमाडौं । विश्वभर सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या देखिएको छ। मंगलबार राति एक्कासी फेसबुक र इन्स्टाग्राम आफै लगआउट भएको थियो। त्यसपछि भने लगइन नै नहुने समस्या देखिरहेको छ।

समस्या देखिएपछि विश्वभरका फेसबुक र इन्स्टाग्रामका प्रयोगकर्ताले गुनासो गरेका छन्। सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका छन्।

फेसबुकसँगै मेटाको अर्को सामाजिक सामाजिक सञ्जाल इन्स्टाग्राम भने पूर्णरूपमा काम गर्न छाडेको छ। यस्तै मेटाकै ह्वाट्सएप भने चलिरहेको छ।